ब्राइट साकोस , मेची सहकारी संस्था लि., सुनगाभा साकोस र विश्वज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.ले व्याज छुट गर्ने ,
काठमाडौंको बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था लि.ले निशेधाज्ञा शुरु भएदेखि यही असार ३१ गतेसम्मको तिर्नु पर्ने रकम भुक्तानी गरेमा कर्जाको सो अबधिको व्याजमा १० प्रतिशत छुट गर्ने जनाएको छ । त्यस अवधिको हर्जाना पनि मिनाहा गर्ने उक्त संस्थाका प्रबन्ध सञ्चालक लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।
मेची सहकारीले व्याजमा छुट गर्ने
झापाको दमकमा प्रधान कार्यालय रहेको मेची सहकारी संस्था लि.ले यही असार २५ गते भित्र तिर्नु पर्ने रकम भुक्तानी गरेमा ५ प्रतिशत व्याज छुट गर्ने जनाएको छ । व्याजदर यथावत कायम गरेको त्यस संस्थाले इलामको चुलाचुलीमा रहेको सदस्य सेवाकेन्द्रको लागि १ जना बजार प्रतिनिधि पदको कर्मचारीको पदपूर्तिको लागि दरखास्त आह्वान गरेको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताउनु भएको छ ।


सुनगाभा साकोसले १० देखि २० प्रतिशत व्याज छुट गर्दै
मोरङको रतुवामाई नगरपालिका-६, मा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि. ले कर्जाको व्याजमा १० देखि २० प्रतिशतसम्म छुट गर्ने भएको छ । सो संस्थमा यही असार मसान्तभित्र व्याज बुझाएमा पाकेको व्याजमा २० प्रतिशत छुट दिने तथा जेठ र असार महिनामा हर्जाना नलाग्ने बताइएको छ । यसैगरी त्यस संस्थामा बुझाउन बाँकी मासिक बचत यही असार मसान्तभित्र भुक्तानी गरेमा कुनै किसिमको जरिवाना नलाग्ने र लामो समयदेखि बुझाउन बाँकी कर्जाको सावाँ, किस्ता र व्याज रकम शेयर सदस्यहरुले यही असार २५ गते अगावै भुक्तानी गरेमा पाकेको व्याजमा १० प्रतिशत छुट दिने त्यसै संस्थाका सचिव युवराज सापकोटा भनाई छ ।

विश्वज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.ले ३ देखि ५ प्रतिशत व्याज छुट गर्ने
ललितपुरको ताल्छिखेलमा मुख्य कार्यालय रहेको विश्वज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.ले यही असार २५ गते भित्र कर्जाको सावाँ , व्याज र किस्ता भुक्तानी गर्ने र त्यसै समयभित्र कर्जा नवीकरण गरेमा हर्जाना छुट गर्ने जनाएको छ । सो संस्थामा २०७८ बैशाख २६ गतेसम्म कर्जाको सावाँ , व्याज र किस्ता नियमित तिरेका शेयर सदस्यहरुले यही असार मसान्तभित्र बुझाउनु पर्ने कर्जाको सावाँ , व्याज र किस्ता भुक्तानी गरेमा तिर्नु पर्ने व्याजमा ५ प्रतिशत भुक्तानी गर्ने तर २०७८ बैशाख १६ गते भित्र कर्जाको सावाँ , व्याज र किस्ता नियमित नबुझाएका शेयर सदस्यले यही असार मसान्तभित्र कर्जाको सावाँ, व्याज र किस्ता भुक्तानी गरेमा ३ प्रतिशत व्याज छुट दिने त्यसै संस्थाका प्रबन्धक सुरेश राईको भनाई छ ।

