जिल्ला सहकारी संघ लि.,भक्तपुर , चन्द्रागिरि साकोस , ज्योति मिर्मिरे सामूदायिक साकोस , हिमनदी साकोस , शीतल साकोस र गोल्ड स्टार साकोसको कार्यालय दैनिक सञ्चालन हुने

0 Shares

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञा खुकुलो भएसँगै यही असार ८ गतेदेखि  सहकारी संघ /संस्थाहरुले आफ्ना कार्यालय सञ्चालन गर्ने बारेका सूचना प्रकाशन गरिरहेका छन् । यसै क्रममा जिल्ला सहकारी संघ लि., भक्तपुरको कार्यालय सार्वजनिक बिदाको दिन बाहेक यही असार ८ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

यसैगरी काठमाडौंको थानकोट चेकपोष्टमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि का कार्यालय यही असार ८ गतेदेखि १४ गतेसम्म बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म खुल्ला रहने जनाइएको छ । सो संस्थाको एटीएम र मोवाइल बैंकिङ सेवा भने चौबीसै घण्टा खुल्ला रहने बताइएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको पनौतिमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामूदायिक बचत तथा ऋण सहकारी संस्था लि. का सबै कार्यालय यही असार ८ गतेदेखि सञ्चालन हुने भएका छन् ।

यस्तैगरी ललितपुरको भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि को कार्यालय पनि बिदाको दिन बाहेक दैनिक बिहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन हुने सो संस्थाले जनाएको छ ।

त्यसैगरी कास्कीको पोखरा-१७ , घोरैपाटनमा रहेकौ शीतल बचत तथा ऋण सहकारी संस्था लि को कार्यालय स्वास्थ्य मापदण्ड पालना गरी यही अबिर ८ गतेदेखि पूर्ण रुपमा सञ्चालन हुने भएको छ ।

त्यस्तैगरी हरेक दिन बिहान १० बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन हुदै आएको काठमाडौंको नयाँ नैकापमा रहेको गोल्ड स्टार बचत तथा ऋण सहकारी संस्था लि को कार्यालय यही असार ८ गतेदेखि बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने भएको छ ‌‌‌‌। सो संस्थाको कार्यालय आइबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन हुने तर कारोवार भने आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

Leave a Reply