भक्तपुर जिल्ला बचत संघ , नेजू गुरु साकोस र शुभश्री बहुउद्देश्यीय सहकारी संस्था लि. आजबाट सञ्चालन हुदै , शुभश्री साकोस , परिश्रमी साकोस , श्री काँठु गणेश साकोस र अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि,ले व्याज छुट गर्दै.

0 Shares

आजबाट काठमाडौं उपत्यकामा निशेधाज्ञा खुकूलो बनाएर पुन: १ हप्ता थप गरिएको छ । निशेधाज्ञा थप भएसँगै आजबाट सहकारी संघ/संस्था लगायतका कार्यालय समय परिवर्तन गरी सञ्चालन हुदै छन् । यसेक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को मुख्य कार्यालय तथा सदस्य सेवाकेन्द्र आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने भएको छ । सुरक्षा मापदण्ड पालना गरी कार्यालय सञ्चालन गर्ने सो संघले जनाएको छ ।

यस्तै काठमाडौंको भोटाहिटीमा मुख्य कार्यालय रहेको  नेजु गुरु बचत तथा ऋण सहकारी लि का कार्यालय पूर्ववत अवस्थामा नियमित रुफमा सञ्चालन हुने भएको छ । सुरक्षा मापदण्ड अपनाएर आज बिहान १०:३० बजेदेखि २:३० बजेसम्म सो संस्थाले आफ्नो कार्यालय सञ्चालन गरी शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नेसोही संस्थाका कार्यकारी प्रमुख रामकृष्ण क्षेष्ठले बताउनु भएको छ  ।

सो संस्थाले कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र महामारीको अवस्था कायमै रहेकाले सकभर कार्यालयमा हुने भीडभाड कम गर्न सहयोग पुग्ने गरी मोवाइल बैंकिङ र स्मार्ट क्युआर भुक्तानी सेवा उपयोग गर्न र जरुरी काम नभए घरैमा सुरक्षित रहन आफ्ना शेयर सदस्यहरुलाई अनुरोध गरेको छ । त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई मोवाइल बैंकिङ , स्मार्ट क्युआर भुक्तानी , युनिटी सुबिधा र जुनसुकै बैंकमा आफ्नो रकम ट्रान्सफर गर्न सक्ने सुबिधा प्रदान गर्दै आएको छ ।

यसैगरी ललितपुरको हरिसिद्धिमा रहेको शुभश्री बहुउद्देश्यीय सहकारी संस्था लि.  को कार्यालम आज बिहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने भएको छ । अर्को सूचना जारी नभएसम्म बजारमा नगद संकलन बन्द गरेको त्यस संस्थाको कार्यालय मंगलबार , बुधबार र शुक्रबार हप्ताको ३ दिन बिहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै भक्तपुरको शंखधर चोकमा रहेकौ शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.  ले २०७८ बैशाख १ गतेदेखि असार मसान्तसम्मको ऋणको किस्ता तथा व्याज तोकिएको समयभित्र भुक्तानी गर्ने शेयर सदस्यलाई त्यस अवधिको हर्जना पूर्ण रुपमा छुट र पाकेको व्याजमा १० प्रतिशत छुट दिने जनाइएको छ ।

त्यसैगरी काठमाडौंको थानकोटमा रहेको परिश्रमी बचत तथा ऋण सहकारी संस्था लि ले समयमा कर्जाको किस्ता र व्याज बुझाउने शेयर सदस्यलाई २०७८ बैशाख १६ गतेदेखि असार मसान्तसम्मको पाकेको व्याजमा १० प्रतिशत छुट दिने बताइएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको बनेपामा रहेको श्री काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लि ले यही असार मसान्तसम्म कर्जाको सावाँ र व्याज भुक्तानी गर्ने शेयर सदस्यलाई निशेधाज्ञा अवधिको व्याजमा १० प्रतीशत छुट र हर्जाना मिनाहा गर्ने भएको छ । सो संस्थाले यही असार मसान्तसम्म व्याज मात्रै बुझाउने शेयर सदस्यलाई भने निशेधाज्ञा अवधिको व्याजमा ५ प्रतिशत छुट र हर्जाना मिनाहा गर्ने जनाएको छ ।

त्यस्तैगरी ललितपुरको सिद्धिपुरमा मुख्य कार्यालय तथा ललितपुरकै इमाडोल र ठैबमा सदस्य सेवाकेन्द्र रहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि ले यही असार २५ गतेसम्म कर्जाको किस्ता बुझाउने शेयर सदस्यलाई निशेधाज्ञा अवधिभरको व्याजमा १० प्रतीशत छुट दिने भएको छ । २०७८ असर ७ गतेबाट दैनिक बिहान ८ बजेदेखि १ बजेसम्म उक्त संंस्थाको कार्यालय सञ्चालन पुन शुरु भएको छ ।

 

 

 

Leave a Reply