स्मरण साकोसले कर्जाको व्याजमा ५ देखि १० प्रतिशतसम्म छुट गर्दै र चौंरी देउराली गाउँपालिकामा बन्ने अक्सिजन प्लान्टको लागि रु.५५,५५५ सहयोग गर्ने

0 Shares

काठमाडौंको अनामनगरमा रहेको स्मरण बचत तथा ऋण सहकारी संस्था लि.ले कोभिड-१९ नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनद्वारा २०७८ बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निशेधाज्ञाले व्यापार व्यवसाय बन्द भई दैनिक हुने बचत तथा ऋण संकलन प्रभावित हुन गरेकोले आफ्ना सेयर सदस्यहरुलाई कोरोना भाइरसबाट सजग रहन अनुरोध गर्दै सम्पूर्ण बचतकर्ताहरुलाई कवोल गरिएको ब्याजदर यथाअवस्थामा रहने र तिर्नु पर्ने रकम निर्धारित समयमा भुक्तानी गरेमा कर्जाको व्याजमा ५ देखि १० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

नियमित रुपमा तिर्नुपर्ने कर्जाको किस्ताका सावाँ र ब्याज नियमित तथा एकमुष्ठ यही असार २५ गतेसम्म भुक्तानी गर्ने शेयर सदस्यलाई कर्जाको यही जेठ र असार महिनाको ब्याजमा १० प्रतिशत र  ‌नियमित तिर्नुपर्ने किस्ता समयमा तिर्न नसकी ब्याज मात्र तिर्ने सदस्यहरुले नियमित तथा एकमुष्ठ यही असार २५ गतेभित्र तिर्ने सदस्यहरुलाई जेठ र असार महिनाको तिर्नु पर्ने ब्याजमा ५ प्रतिशत छुट दिने निर्णय भएको सोही संस्थाका व्यवस्थापक निर्मल प्रसाद हुमागाईँले बताउनु भएको छ । ‌ उहाँले यस संस्थाबाट लिएको ऋणको नियमित रुपमा किस्ता तिरिरहेकोे अवस्थामा कोरोना महामारीको कारणले तिर्नु पर्ने रकम तिर्न नसकी भाका नाघेका ऋणी सदस्यहरुको हकमा बाँकी रहेको ब्याज रकम र ब्यवस्थापन शुल्क लिई एक पटकका लागि नवीकरण समेत गर्ने र त्यस्तो नवीकरण गरिएको ऋणमा समेत तिर्नुपर्ने ब्याजको ५ प्रतिशत छुट दिने भएकोले यथासक्य यस संस्थामा सम्पर्क गर्न /गराउन सम्बन्धित शेयर सदस्यलाई अनुरोध गर्नु भएको छ ।

यसैगरी उक्त संस्थाको आज बसेको बैठकले काभ्रेपलाञ्चोकको चौंरी देउराली गाउँपालिकामा स्थानीय स्तरबाट निर्माण हुन लागेको अक्सिजन प्लान्टको लागि रु.५५,५५५ सहयोग गर्ने निर्णय गरेको बताइएको छ । त्यस संस्थाका शेयर सदस्यहरु मध्ये काभ्रेपलाञ्चोकको कोशी पारि अवस्थित चौंरी देउरालीबाट काठमाडौंमा आएर पेशा व्यवसाय गरेर बसेकाहरुको संख्या बढी छ ।

रु.१ करोड २५ लाख जतिको अनुमानित रकममा निर्माण हुने सो अक्सिजन प्लान्टको लागि चौंरी देउराली गाउँपालिकाबाट रु १० लाख र जनस्तरबाट रु.३० लाख गरी रु.४० लाख जति रकम उपलब्ध भएको र सहयोगी हातहरुबाट रु.५० लाख हाराहारीको रकम सहयोगको प्रतिबद्धता प्राप्त भएको बताइएको छ ।

Leave a Reply