सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि., लुभु सहितको सहयोगमा आइसोलेशन तथा रिलिफ सेन्टर सञ्चालन

0 Shares

ललितपुरको महालक्ष्मी नगरपालिका-८, लुभूमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफूले सञ्चालन गर्दै आएको  सहयोगी जेष्ठ नागरिक गृहमा आइसोलेशन तथा रिलिफ सेन्टर उक्त संस्थाको सहयोग तथा महालक्ष्मी नगरपालिका वडा नं.८ को व्यवस्थापनमा सञ्चालन भइरहेको छ । यही जेठ ३१ गतेबाट सञ्चालन शुरु भएको त्यस सेन्टरलाई  प्राथमिक स्वास्थ्य केन्द्र लुभू , लुभु प्रहरी प्रभाग ़ , गुठी अष्ट्रेलिया , लुमन्ती आवासका लागि सहयोग समुह , 17  &17 Members , अरनिकोो समाज  र महालक्ष्मी उद्योग वाणिज्य संघले पनि सहयोग गरेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.,का व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले बताउनु भएको छ ‌।

निशेधाज्ञा शुरु भएसँगै आंशिक रुपमा कार्यालय सञ्चालन गरेर र प्रविधि मार्फत आफ्ना शेयर सदस्यलाई सेवा प्रवाह गर्दै आएको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि., लुभुले अत्यावश्यक सेवा आवश्यक परेका सदस्यहरुलाई भने उनीहरुको घरदैलोमै पुगेर सेवा प्रवाह गरेको बताइएको छ । यही असार ६ गतेदेखि भने यो संस्था पूर्ववत अवस्थामा सञ्चालन हुदै आएको छ ।  बचत तथा ऋण कारोवारसँगै सहयोगी ग्यास गोदाम , सहयोगी सुपथ मुल्य सहकारी पसल , वेष्ट विङ मा.वि., कृषि अध्ययान केन्द्र लगायत सञ्चालन गरिरहेको सो संस्थाले कर्जाको नियमित रुपमा किस्ता बुझाउने शेयर सदस्यलाई मासिक व्याजमा ७ प्रतिशत छुट दिदै आएको व्यवस्थापक श्रेष्ठको भनाई छ ।

Leave a Reply