सुविधानगर बहुउद्देश्यीय सहकारी संस्था लि. बाट टीभीको विल भुक्तानी गर्न सकिने
काठमाडौं महानगरपालिका-१०, नयाँ बानेश्वरमा प्रधान कार्यालय तथा सोही नगरपालिका-३२, पेप्सिकोला (पुरानो सिनामंगल) स्थित ग्लोबल हाउसमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको सुविधानगर बहुउद्देश्यीय सहकारी संस्था लि. का शेयर सदस्यहरुले सोही संस्थाबाट टी.भी.(TV) को विल भुक्तानी गर्न सक्ने भएका छन् । सीटी एक्सप्रेस(City Express)
र हाम्रो यस संस्थाले सञ्चालन गरिरहेको एम बैंक मोवाइल बैंकिङ (MBank Mobile banking) एप मार्फत यस संस्थाका हाम्रा शेयर सदस्यहरुले यो सुविधा उपयोग गर्न सक्ने उक्त संस्थाका अध्यक्ष राजु पाख्रिनको भनाई छ ।


