त्रि.वि.को व्यवस्थापन संकायको स्नातकोत्तर तहमा सहकारी विषय पढाई हुने

0 Shares
आगामी शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्नातकोत्तर तहमा सहकारी विषय अध्ययन अध्यापन हुने भएको छ । सो तहको एमवीए(MBA) को कोर्शमा सहकारी र उद्यमशीलता विकास(Cooperative and Entrepreneurship Development) विषय समावेश गर्ने गरी त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय सहकारी महासंघ लि. बीच समझदारी भएको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय , कीर्तिपुरमा यही असार २० गते सम्पन्न उक्त समझदारी पत्रमा त्रिभुवन विश्वविद्यालय , व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा.रामजी गौतम र राष्ट्रिय सहकारी महासंघ लि.की महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले हस्ताक्षर गर्नु भएको थियो । उक्त कोर्शको पाठ्यक्रम निर्माणको लागि राष्ट्रिय सहकारी महासंघ लि.ले त्रिभुवन विश्वविद्यालय , व्यवस्थापन केन्द्रीय विभागलाई रु.५ लाख प्रदान गर्ने सहमती जनाएको उक्त महासंघ स्रोतले जनाएको छ ‌। त्यस हस्ताक्षर कार्यक्रममा त्रिभुवन विश्वविद्यालय , व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा तथा राष्ट्रिय सहकारी महासंघ लि. का नि:बर्तमान अध्यक्ष केशवप्रसाद बडाल , बर्तमान अध्यक्ष मिनराज कँडेल , वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल तथा नायब महाप्रबन्धक बाबुले खनाल लगायतको उपस्थिति रहेको बताइएको छ ‌।

मुलुकको राष्ट्रिय अर्थतन्त्रको एक खम्बा सहकारी क्षेत्रको लागि कुशल व्यवस्थापक उत्पादन होस् भन्ने उद्देश्यले राष्ट्रिय सहकारी महासंघ लि.ले विश्वविद्यालय तहमा सहकारी विषयको पठनपाठन हुनु माग गर्दै आएको छ ।

 

Leave a Reply