सूयोग्य साकोस , कोटेश्वरद्वारा कर्जाको निशेधाज्ञा अवधिको व्याज छुट र हर्जाना मिनाहा गर्दै

0 Shares

काठमाडौं महानगरपालिका-३२, सेतीओपी मार्ग, कोटेश्वरमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले कर्जाको निशेधाज्ञाको अवधिको व्याजमा छुट सुविधा प्रदान गरिरहेको जनाएको छ । यही असार १५ गतेसम्ममा कर्जाको सावाँ र व्याज भुक्तानी गरेका सदस्यलाई हाम्रो यस संस्थाले निशेधाज्ञा अवधिको पाकेको व्याजमा १० प्रतिशत छुट र हर्जाना मिनाहाको सुविधा दिएको र यो सुविधा अधिकांश सदस्यले लिएको उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत खड्गप्रसाद सुब्बाले सहकारी सञ्जाललाई बताउनुभयो । यस संस्थामा  तिर्न बाँकी सदस्यहरुले पनि कर्जाको  सावाँ र व्याज यही असार मसान्तभित्र बुझाएमा निशेधाज्ञा अवधिको पाकेको व्याजमा ५ प्रतिशत छुट र हर्जाना मिनाहा गरिने तर निशेधाज्ञा भन्दा अगाडि भाखा नाघेको कर्जाको भने पाकेको हर्जानामा २० प्रतिशत छुट सुविधा दिइरहेको उहाँको भनाई छ ।

१,५०० भन्दा बढी शेयर सदस्य रहेको त्यस संस्थामा रु २६ करोडभन्दा बढी कारोवार रहेको बताइएको छ ।

Leave a Reply