२३औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ललितपुरको पुल्चोकमा प्रधान कार्यालय तथा काठमाडौंको कालिमाटी , भक्तपुरको गट्ठाघर र ललितपुरको धापाखेलमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. आजबाट २३औं वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा झैं आज सो संस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । पुल्चोकस्थित उक्त संस्थाको प्रधान कार्यालय परिसरमा लायन्स क्लव अफ काठमाडौं, सुमेरूसँगको सहकार्य र नेपाल रेडक्रस सोसाइटी , रक्त सञ्चार केन्द्र , पुल्चोक , ललितपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा १५० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सो रक्तदान कार्यक्रमको त्यसै संस्थाका अध्यक्ष एच.आर. दाहालले शुभारम्भ गर्नु भएको थियो ।
सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.२३औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सो संस्थाका अध्यक्ष दाहालले ‘हाम्रो यस संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , शेयर सदस्यहरु , कर्मचारीहरु र यस संस्थालाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पु-याउनु हुने सबैमा आभार सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु‘ भन्नुभयो ।
२२ वर्ष अगाडि स्थापना भएको त्यस संस्थामा २ हजार २ सय शेयर सदस्य र रु.७ अर्ब ५० करोड भन्दा बढी कुल कारोवार रहेको बताइएको छ ।



















