उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि.,महेन्द्रनगरद्वारा बिऊ प्रशोधन केन्द्र स्थापना

0 Shares

कञ्चनपुरको महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी सहकारी संस्था लि.ले आफ्नै ब्राण्डमा कृषकहरुलाई गुणस्तरीय बिऊ बिजन उपलब्ध गर्ने उद्देश्यले बिऊ प्रशोधन केन्द्र स्थापना गरेको जानकारी प्राप्त भएको छ । भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले उद्घाटन गर्नु भएको सो प्रशोधन केन्द्रले गुणस्तरीय बिऊ प्रशोधन गर्न थालेको बताइएको छ । कृषकहरुको सहभागिता रहेको उक्त प्रशोधन केन्द्रले त्यस संस्थाको १ बिगाहा जमिन ओगटेको छ ।  त्यसै संस्थाको रु.४३ लाख १० हजार र प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन इकाई महेन्द्रनगरको अनुदान सहयोग रु. ३८ लाख २५ हजार लागतमा स्थापना भएको त्यस प्रशोधन केन्द्रमा २ टन क्षमताको सीड टीटर ,२ टन क्षमताको सीड ग्रेगरी र २ टन क्षमताको इलिभेटर तथा बोरा सिउने मेशिन ,  इलेक्ट्रिक फर्म स्केल , चिस्यान मीटर लगायतका उपकरण रहेको जनाइएको छ ।

कृषकहरुले उत्पादन गरेको बिऊ बजार मुल्य भन्दा १० प्रतिशत बढी मुल्यमा खरीद गरी त्यसलाई प्रशोधन गरी आफ्नो ब्राण्डमा हाम्रो यस संस्थाका शेयर सदस्यहरुलाई सहज ढंगबाट गुणस्तरीय बिऊ बिजन उपलब्ध गराउन र उहाँहरुलाई आय आर्जनसँग जोडेर आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले यो बिऊ प्रशोधन केन्द्र स्थापना गरिएको त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दको भनाई छ ।

सोही संस्थाको सहयोगमा कृषकहरुले २५ बिगाहा भन्दा बढी जमिनमा धानको बिऊ लगाएको बताइएको छ ।

Leave a Reply