सज्जन महिला साकोस , महांकाल , काठमाडौंको कूल कारोवार रु.१३,९१,०४,२३६.०६
काठमाडौं महानगरपालिकाा- , महांकाल ओरालोमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.को यही असार ३१ गतेसम्म शेयर सदस्य संख्या १,४७९ , शेयर पूँजी रु.१,४०,७९,४००, कुल निक्षेप रु.९,५६,२८,६४७.०२ , कुल ऋण कारोवार रु.९,७७,९९३०५.२८, जगेडा कोष रु.६५,००,००० र कुल कारोवार रु.१३,९१,०४,२३६.०६ रहेको सो संस्थाले जनाएको छ ।
कोरोना महामारीका बाबजुद पनि आर्थिक वर्ष २०७६/०७७ को हिसाव क्लोजिङ्ग सुखद भएको सोही संस्थाकी अध्यक्ष सीमा पुरीले बताउनु भएको छ । हाम्रो यस संस्थाले सहकारी शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्दै आएकोले नै हाम्रा शेयर सदस्य ज्यूहरु यस्तो विषम परिस्थितिमा पनि हाम्रो यो संस्थाप्रति जिम्मेवार बन्नु भएको आफूले महशुस गरेको सोही संस्थाकी व्यवस्थापक नगिना सिंह भण्डारीको भनाई छ । स्थापना भएको छोटो समयमा नै राम्रोसँग अगाडि बढिरहेको सो संस्थाले बेलाबेलामा साहित्यिक लगायतका रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।
