बिर्तामोडमा मेची सहकारी संस्था लि.को सदस्य सेवाकेन्द्र स्थापना

0 Shares

झापाको दमकमा प्रधान कार्यालय रहेको मेची सहकारी संस्था लि.को बिर्तामोडमा सदस्य सेवाकेन्द्र स्थापना भएको छ । यही साउन ४ गते सो सेवाकेन्द्र को सोही संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले मेची सहकारी संस्था लि.को गतिविधि बारे प्रकाश पार्नु हुदै बिर्तामोडमा सञ्चालन भइरहेका अरु सहकारी संस्थाहरुले भन्दा मेची सहकारी संस्था लि.ले फरक ढंगबाट सेवा प्रवाह गर्ने बताउनुभएको थियो ।

वि.सं. २०५४ भदौ १२ गते  दमकमा २९ जना शेयर सदस्यहरुको रु.१ लाख ४५ हजार शेयर पूँजीबाट कारोवार शुरु भएको उक्त संस्थामा हाल शेयर सदस्य संख्या ९ हजार ४ सय ७६ , शेयर पूँजी रु. ३१ करोड १४ लाख र बैंक मौज्दात रु.२ अर्व ७३ करोड ६८ लाख ८२ रहेको सोही संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालको भनाई छ ‌।  उक्त संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ । झापा , इलाम र मोरङमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको सो संस्थाले बिर्तामोडमा सदस्य सेवाकेन्द्र सञ्चालन शुरु गरेसँगै उसको सदस्य सेवाकेन्द्र संख्या १० पुगेको बताइएको छ । सहकारी एकीकरणलाई अभियानको रुपमा अगाडि बढाएको हो सँग ३ महिना अघि बिर्तामोडमा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लि. एकीकरण भएको थियो । एकीकरण प्रक्रियामा सहभागी सुन्दर बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय रहेको स्थानमा मेची सहकारी संस्था लि.को उक्त सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याइएको हो । यो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई २९ प्रकारका सेवा प्रवाह गरेको जनाएको छ ।

 

Leave a Reply