कृषि अनुदान कर्जामा साना कृषकहरुको पहुँच बृद्धि गर्ने विषयमा ग्लोबल आईएमई बैंक लि. र अर्गानिक नेपाल सहकारी संस्था लि.बीच सम्झौता

0 Shares

कृषि अनुदान कर्जामा साना कृषकहरुको पहुँच बृद्धि गर्ने विषयमा ग्लोबल आईएमई बैंक लि. र अर्गानिक नेपाल सहकारी संस्था लि. बीच सम्झौता भएको जानकारी प्राप्त भएको छ। सो सम्झौतामा ग्लोबल आइएमई बैंक लि.ले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ अन्तर्गत अर्गानिक नेपाल सहकारी संस्था लि. को सिफारिसमा सो संस्थाका शेयर सदस्य, कृषक र उद्यमी र फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने र उक्त कर्जा लिने कृषकहरुलाई त्यसै सहकारी संस्थाले आवश्यक तालिमको व्यवस्था गर्ने उल्लेख रहेको बताइएको छ । त्यस सम्झौता-पत्रमा ग्लोबल आईएमई बैंक लि.का प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लि.का अध्यक्ष केशवलाल श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।

Leave a Reply