बज्रबाराही साकोस , बज्रबाराही १३औं वर्षमा प्रवेश

0 Shares

मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ , बज्रबाराहीमा रहेको बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लि. १२ बर्ष पूरा भई १३औं बर्षमा प्रवेश गरेको । कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सो संस्थाले संक्षिप्त कार्यक्रम गरी यही साउन ७ गते आफ्नो १२ औँ बार्षिक उत्सब मनाएको जानकारी प्राप्त भएको छ । त्यस अवसरमा आर्थिक वर्ष २०७६/०७७ मा उक्त संस्थाले रु.४० करोड मुनाफा आर्जन गरेको र त्यसलाई बढाएर आर्थिक बर्ष २०७८/०७९ मा रु.५० करोड मुनाफा आर्जन गर्ने लक्ष्य रहेको सोही संस्थाका व्यवस्थापक रञ्जित अर्यालले जानकारी दिनु भएको थियो । उहाँले १२ बर्ष अगाडि २७ जना शेयर सदस्यहरुबाट स्थापना भएको हाम्रो यस संस्थामा १,५३६ जना शेयर सदस्य र रु.१२ करोड कारोवार रहेको र आर्थिक वर्ष २०७८/०७९ मा यसलाई बढाएर रु.१५ करोड पु-याउने लक्ष्य रहेको बताउनुभयो । सो अवसरमा त्यसै संस्थाका पदाधिकारी , सञ्चालक तथा कर्मचारीहरु लगायतले केक कटेर एक आपसमा शुभकामना आदान प्रदान गर्नु भएको थियो ।

मकवानपुरको थाहा नगरपालिका भित्रका उत्कृष्ट सहकारी संस्थाहरु मध्येको एक सो संस्थाले मोवाइल बैंकिङ्ग (Mobile Banking) , क्युआर कोड (QR Code) जस्ता डिजिटल प्राविधिलाई समेत अवलम्बन गरिरहेको छ । उत्तरी मकवानपुरको साविक बज्रबाराही , चित्लाङ र मार्खु गा.वि.स. मा कार्यक्षेत्र रहेको उक्त संस्था आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको छ ।

 

Leave a Reply