मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा ४ बर्षे रणनीतिक योजना तय

0 Shares

काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय तथा थानकोट , कालीमाटी , न्युरोड , चावहिल र जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले ४ वर्षे रणनीतिक योजना तय गरेको जनाएको छ । आफ्नो सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु र प्रमुख कार्यकारी अधिकृत सहित व्यवस्थापनको सहभागितामा सो संस्थाले यही साउन ८ र ९ गते सञ्चालन गरेको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठिबाट आगामी ४ बर्षको लागि रणनीति, लक्ष्य , बजेट र योजना निर्माण गरेको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालको भनाई छ । त्यस कार्यशालाको सहकारी प्रशिक्षक कृष्णप्रसाद आचार्यले सहजीकरण गर्नु भएको उक्त संस्थाका सचिव महाशंकर रेग्मीको कथन छ ।

सो संस्थाले ‘स्वस्थ, व्यावसायिक र उत्कृष्ट मेगा ड्रिम’  नारा तय गरेको बताइएको छ ।

Leave a Reply