बागमती प्रदेश सहकारी संघ लि.को प्रथम वार्षिकोत्सव सम्पन्न , सातदोबाटोमा कार्यालय स्थापना

0 Shares

बागमती प्रदेश सहकारी संघ लि.को प्रथम वार्षिकोत्सव आज सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी महाशाखाबाट दर्ता प्रमाण-पत्र प्राप्त गरेको एक वर्ष पूरा भएको अवसरमा बागमती प्रदेश सहकारी संघ लि.आफ्नो प्रथम वार्षिकोत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको छ ‌। त्यस अवसरमा सो संघको कार्यालय ललितपुरको सातदोबाटोस्थित सुमेरु मार्ट रहेको भवनमा उद्घाटन गरिएको छ । बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती , नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल लगायतको उपस्थिति थियो । त्यस संघको गठन भने २०७६ असोज ८ गते सम्पन्न भएको थियो ।

हाम्रो यो संघले दर्ता प्रमाण-पत्र प्राप्त गर्दा ५६ वटा सहकारी संघ/संस्था यसको सदस्य रहेपनि यो संख्या बढेर हाल १ सय १५ पुगेको छ र सहकारी संघ/संस्थाहरु यसको सदस्य बन्ने क्रम जारी रहेको सोही संघका अध्यक्ष घिमिरेको भनाई छ । उक्त संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले यस संघले संघीय , प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सहकारीको विकास र प्रबर्द्धन हुने गर्ने गरी कार्य गरिरहेको सहकारी सञ्जाललाई बताउनुभयो । ‘हाम्रो यस संघले आफ्ना सदस्यहरुबाट जम्मा भएको शेयर पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तर अन्तर-लगानीको कार्य भने गर्ने योजना छैन,’ उहाँको भनाई छ ।

 

Leave a Reply