माता बागेश्वरी साकोसको कार्यालय धम्बोजीमा

0 Shares

नेपालगञ्जको सेतुबिक चोकमा रहेको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्जकै धम्बोजीमा सरेको जानकारी प्राप्त भएको छ । एक कार्यक्रमका बीच यही साउन ११ गते नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले त्यस स्थानमा सो कार्यालयको उद्घाटन गर्नुभयो । त्यसै अवसरमा उहाँले माता बागेश्वरी साकोसले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गर्न सफल भएको देखिएको छ भन्दै सहकारी संघ/ संस्थाहरुले डिजिटल प्रविधिको प्रयोग गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यसैगरी माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रसिद अहमद कुरैसीले ‘हाम्रो यो संस्था आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप राम्रोसँग सञ्चालन भइरहेको छ’, भन्नुभयो । त्यस्तैगरी सो संस्थाका सचिव बदरुद्दुजा खाँले हाम्रो यो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड-१९ को महामारीमा सुरक्षाकर्मी , चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पीपीई, माक्स , सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनुभयो । उक्त अवसरमा राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक विजया धिताल , नेपालगञ्ज उप-महानगरपालिकाका सहकारी शाखा प्रमुख प्रवीण कुमार राना , लुम्बिनी प्रदेश सहकारी संघ लि.का अध्यक्ष प्रेम सुवेदी, बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष प्रकाश ज्ञवाली , नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सरी चुन्ना, जसपाका अध्यक्ष कमरुद्दिन राई लगायतको उपस्थिति रहेको थियो ।

२०६८ सालमा स्थापना भएको सो सहकारी संस्थामा हाल शेयर सदस्य संख्या ५ हजार २७ , कूल कारोवार रु.३३ करोड २८ लाख ९० हजार ५ सय ३४ रहेको र आर्थिक बर्ष २०७७/०७८ मा सो संस्थाले रु. ९२ लाख १८ हजार २ सय ५ आम्दानी गर्न सफल रहे भएको सोही संस्थाकी प्रबन्धक अम्बिका काफ्लेको भनाइ छ ।

Leave a Reply