बिश्वज्योती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफनै कार्यालयबाट सवारी साधनको ब्लुबुक नविकरण

0 Shares

ललितपुरको ताल्छिखेलमा रहेको बिश्वज्योती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफनै कार्यालयबाट सवारी साधनको ब्लुबुक नविकरण तथा कर भुक्तानी साथै बिमाको सुविधा प्रदान गर्ने भएको छ ।

स्मार्ट सर्भिस इन प्रा.लि. को सहकार्यमा उक्त सुविधा प्रदान गर्ने लागेको जानकारी संस्थाको प्रबन्धक सुरेश राईले बताउनु भयो ।
संस्थाको कार्यालय ताल्छिखेलमा सस्थाको प्रबन्धक सुरेश राई र स्मार्ट सर्भिस इन प्रा.लि. को संचालक अन्जन भट्टराई बिच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

अन्तराष्ट्रिय सहकारी मुल्य मान्यता र सिद्धान्त अनुसार संचालन हुँदै आईरहेको उक्त संस्थाले आफ्ना सदस्यहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु पनि संचालन गर्ने गरेको छ । कोरोना भाईरसको माहामारीमा पनि संस्थाले सदस्यहरुलाई आवश्यकता अनुसारको सेवा सुविधा दिईरहेको छ ।

Leave a Reply