नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोसाइटी लि.द्वारा आफ्ना अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक अध्यक्ष राजेशहरि जोशीको निधन भएको ४५औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जलि अर्पण

0 Shares

ललितपुरको गा:बहाल , प्याङ्गथामा आफ्नै भवनबाट सञ्चालन भइरहेको नेशनल को-अपरेटिभ सोसाइटी लि.ले आफ्ना अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक एवं प्रथम अध्यक्ष राजेशहरि जोशीको निधन भएको ४५औं दिनको पुण्य तिथिको अवसरमा यही साउन १२ गते श्रद्धाञ्जलि कार्यक्रम गरेको जनाएको छ । त्यस अवसरमा दिवंगत जोशीले सहकारी क्षेत्रमा उहाँले पु-याएको योगदानको स्मरण गर्दै सोही संस्थाका उपाध्यक्ष प्रधुम्न लाल जोशी , प्रबन्धक दिनेशप्रसाद पन्त लगायतले उहाँको असामयिक निधनले सहकारी क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनु भएको थियो ।

बरिष्ठ सहकारी अभियान्ता जोशीको गत जेठ ३० गते हृदयघातका कारण निधन भएको थियो । उहाँको निधन भएको १३ दिनसम्म राष्ट्रिय सहकारी बैंक लि., नेशनल को-अपरेटिभ सोसाइटी लि. र मकवानपुर बचत तथा ऋण सहकारी संस्था लि.ले शोक प्रकट गरेका थिए । त्यसैगरी ललितपुर जिल्लाका सहकारी संघ/संस्थाहरुले उहाँको निधनमा १ दिन आ-आफ्नो कार्यालय बिदा गरी शोक प्रकट गरेका थिए ।

यता आफ्ना संस्थापक तथा प्रथम अध्यक्ष जोशीको स्मृतिमा राष्ट्रिय सहकारी बैंक लि.ले पुरस्कार स्थापना गरेको जनाएको छ ।

Leave a Reply