इको मिरर साकोस १२औं बर्षमा प्रवेश
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बु चुनदेबीमा आफ्नै भवनबाट सञ्चालन भइरहेको इको मिरर बचत तथा ऋण सहकारी संस्था लि.१२औं बर्षमा प्रवेश गरेको छ । स्थानीय समुदायमा आधारित रहेर आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको सो संस्थाले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गर्न सफल भएको देखिएको छ । उक्त संस्था स्थापना भएको १२औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोही संस्थाको सञ्चालक समितिले आफ्ना शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गरेको छ । यसै अवसरमा २०७८ साउन १५ गते शुक्रबार त्यस संस्थाको कार्यालय बन्द रहने जनाइएको छ ।
