शंखधर साकोसले २०७८ साउन २३ गते रक्तदान कार्यक्रम गर्नै
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०७८ साउन २३ गते शनिबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । सो संस्थाको सामाजिक उप-समितिको संयोजनमा बिहान ७:३० देखि ११ बजेसम्म शंखधर चोकस्थित शंखधर पार्टी प्यालेसमा उक्त रक्तदान कार्यक्रम हुने जनाइएको छ ।
आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको त्यस संस्थाले स्थापना भएको छोटो समयमा उल्लेख्य प्रगति गरेको छ ।
