सवारी साधनको ब्लुबुक नवीकरण र कर भुक्तानी गर्दै चन्द्रागिरि साकोस
काठमाडौंको थानकोटमा आफ्नै भवनमा प्रधान कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले स्मार्ट सर्भिस इन प्रा.लि.सँगको सहकार्यमा आफ्ना शेयर सदस्यहरुको दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरण र कर भुक्तानी गर्ने गरी नयाँ सेवा शुरु गरेको जनाएको छ । त्यसको लागि उक्त संस्थाको कार्यालयमा छुट्टै स्मार्ट काउण्टरको व्यवस्था गरिएको र उक्त काउण्टरबाट सवारी साधनको ब्लुबुक नवीकरण , सवारी कर भुक्तानी र वीमालेख जारी गराउने जस्ता कार्य हुने बताइएको छ । त्यस कार्य सम्बन्धी चन्द्रगिरि बचत तथा ऋण सहकारी संस्था लि. र स्मार्ट सर्भिस इन प्रा.लि. बीच यही साउन १२ गते सम्झौता भएको थियो ।
व्यस्त दैनिकीका कारणले आफ्ना कुनै पनि शेयर सदस्यले समयमा सवारी साधनको ब्लुबुक नवीकरण र कर भुक्तानी गर्न नसकी जरिवाना तिर्न नपरोस् भनेर यो सेवा शुरु गरेको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको भनाई छ ।
