सञ्चालन अनुमतिको पर्खाईमा रहेको नेपाल सहकारी बैंक लि.प्रति प्रधानमन्त्री देउवा सकारात्मक

0 Shares

सञ्चालन अनुमतिको पर्खाईमा रहेको नेपाल सहकारी बैंक लि.प्रति प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहनु भएको जानकारी प्राप्त भएको छ ‌। शनिबार नेपाली काँग्रेसको वित्तीय तथा सहकारी समन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्न गएको सोही विभागका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त संकेत गर्नु भएको जनाइएको छ । त्यस अवसरमा सोही विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्री देउवालाई दर्ताको पर्खाईमा रहेको नेपाल सहकारी बैंक लि.को बारेमा जानकारी गराउनु भएको बताइएको छ । त्यस अवसरमा त्यसै विभागका सदस्य माधब दुलाल , सीताराम काफ्ले , शरदकुमार महर्जन , शशि खड्का लगायतको उपस्थिति रहेको थियो ।  सञ्चालन अनुमतिको लागि नेपाल सहकारी बैंक लि.को सुरेन्द्र भण्डारी नेतृत्वको सञ्चालक समितिले सहकारी विभागमा फाइल सहित आवेदन दिनुको साथै  नेपाल राष्ट्र बैंकमा बैंकिङ्ग कारोवार अनुमति सहित सञ्चालन अनुमतिको  लागि आवेदन दिएको थियो ।

Leave a Reply