राष्ट्रिय सहकारी बैंक लि.को १९औं बार्षिकोत्सवमा ‘सहकारीमा लघुवित्त सम्मेलन-२०७८’ हुने

0 Shares

राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिकोत्सवको अवसरमा २०७८ साउन १९ र २० गते सहकारीमा लघुवित्त सम्मेलन-२०७८ हुने भएको छ । नेडाक र राष्ट्रिय सहकारी बैंक लि.को संयुक्त आयोजनामा बिहान ११:०० बजेदेखि अपरान्ह २:०० बजेसम्म सहभागितामा भर्चुअल माध्यम तथा फेसबुकमा प्रत्यक्ष प्रसारण हुने राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक  रामबहादुर जी.सी.ले जानकारी दिनु भएको छ । सम्मेलनमा गरिबी न्युनिकरणमा सहकारीमा लघुवित्त : नेपाल सरकारको नीति तथा कार्यक्रम , लघुवित्तमा सहकारीको भूमिका : नेपालको यथार्थ सम्भावना र चुनौतिसहकारी मार्फत लघुवित्त : विश्व अनुभव विषयका प्रस्तुती हुने बताइएको छ ।

वि.सं. २०६० असार २५ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोवारको अनुमति पाएको राष्ट्रिय सहकारी बैंक लि.ले वि.सं.२०६१ साउन २० गतेबाट आफ्नो कारोवार शुभारम्भ गरेको थियो ‌। ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालय सहित ६८ वटा शाखा कार्यालयबाट आफ्ना १२ हजार भन्दा बढी सदस्य रहेका सहकारी संघ/संस्थालाई वित्तीय सेवा प्रवाह गरिएको सो बैंकले आफ्नो भवन निर्माणको लागि केही समय अगाडि काठमाडौंको टेकुमा जग्गा किनेको थियो ।

Leave a Reply