टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.१५औं बर्षमा प्रवेश

0 Shares

ललितपुरको हात्तीवन , टेवाचोकमा रहेको  टेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना भएको १४ बर्ष पूरा भई १५औं बर्षमा प्रवेश गरेको छ । सो संस्थाले आफू १५औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिगतका बर्षहरुमा झैं यस बर्ष पनि २०७८ साउन १६ गते बृक्षारोपण कार्यक्रम गरेको छ । 

सोही अवसरमा सो संस्थाका अध्यक्ष कुमार गिरीले उक्त संस्थाका सञ्चालक समिति , लेखा सुपरीबेक्षण समिति र उप-समिति हरुका पदाधिकारी तथा सदस्यहरु , सल्लाहकारहरु , शेयर सदस्यहरु तथा कर्मचारीहरु र शुभचिन्तकहरुमा आभार तथा धन्यबाद सहित शुभकामना व्यक्त गर्नु भएको छ । आफ्ना शेयर हरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको त्यस संस्थाले स्थापना भएको छोटो समयाबधिमा उल्लेख्य प्रगति गरेर नेपालको सहकारी क्षेत्रमा अलग्गै परिचय बनाएको  छ ।

यसैगरी सो संस्थाले आफ्ना शेयर सदस्य उमेश श्रेष्ठ  नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नु भएकोमा उहाँलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

 

Leave a Reply