सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि., लुभुद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

0 Shares

ललितपुरको महालक्ष्मी नगरपालिका-८ , लुभुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफूले सञ्चालन गरिरहेको सहयोगी जेष्ठ नागरिक गृह परिसरमा यही साउन १६ गते शनिबार बृक्षारोपण गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं ८ को वडा कार्यालयको सहयोगमा गरिएको बृक्षारोपण कार्यक्रममा फलफुल जातका बिरुवा रोपेको उक्त संस्थाका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले सहकारी सञ्जाललाई बताउनुभयो ।

यसैबीच सो संस्थाका अध्यक्ष नारायण भक्त श्रेष्ठले यही साउन १४ गते सोही संस्थाका शेयर सदस्य (शेयर सदस्य नं. ६०१) तथा त्यसै संस्थाका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठका दाजु दानबहादुर श्रेष्ठको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।

 

 

 

 

 

 

 

 

 

Leave a Reply