लुम्बिनी सहकारीको खुद नाफा ४ करोड ८० लाख माथि
रुपन्देहीको बुटवल राम मन्दिर लाईनमा रहेको लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाले बिश्व महामारीको रूपमा फैलिरहेको दोस्रो लहरको सक्रमण नियन्त्रणको हेतुले बुटवल उधोग बाणिज्य संघ रुपन्देहीको अगुवाईमा सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल १० का सयौ बेड तथा आईसोलेसन तथा अक्सिजनको लागि यस संस्थाको बार्षिक सामाजिक सेवा कार्यक्रम अन्तरर्गत रु १ लाख ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त कार्य गरेकोमा उद्योग बाणिज्य संघले लुम्बिनी साकोसलाई बधाई तथा शुभकामना व्यक्त समेत गरेको थियो । संस्थाले लगडाउनको समयमा सदस्यहरुलाई सहज होस भनेर दैनिक बिहान १० बजे देखि ३ बजे सम्म संस्था खोलेर सदस्यहरुलाई सेवा प्रदान गरेको थियो । संस्थाको सदस्यहरुलाई अप्ठ्यारोे परेको खण्डमा घरमै पुगेर सेवा दिनुका साथै यस संस्थाको लुम्बिनी ल्याब सेवा बाट पनि सदस्यहरुलाई स्वास्थ सम्बन्धि सेवा पनि प्रवाह गरेको थियो साथै यस संस्थाले यस आर्थिक बर्षमा खुद मुनाफा ४ करोड ८० लाख ३६ हजार २ सय ९७ रुपैयाँ गरेको छ
संस्थाको शेयर पुजी – १८ करोड ५४ लाख ५२ हजार, निक्षेप संकलन– १ अर्ब ४ करोड ११ लाख १६ हजार ५ सय ३९, जगेडा कोष–१० करोड ३८ लाख २९ हजार ३८६, कर्जा लगानी– ७३ करोड ७५ लाख ९७ हजार ५ सय २ रुपैयाँ, कुल कारोबार– १ अरब ४१ करोड ८० लाख ९७ हजार ८३० रहेको छ रुपन्देही जिला भरी कार्यक्षेत्र रहेको यस संस्थाको सेवा केन्द्र बुटवल उप म.न.पा वडा नं १३ रहेको छ । साथै कोरोना महामारीको कारण सदस्यहरुलाई पर्न गएको आर्थिक समस्यालाई मध्यनजर गरी सबै सदस्यहरुलाइ असार मसान्त भित्र ऋणको ब्याजमा ७% छुटको ब्यवस्था समेत गरिएको सोहि संस्थाका ब्यवस्थापक बिनोद प्रताप राणाले जानकारी दिनुभयो ।
