स्थापना भएको १९औं बर्षमा प्रवेश गर्दै गरेको राष्ट्रिय सहकारी बैंक लि.को प्रतिबद्धता
यही साउन २० गते राष्ट्रिय सहकारी बैंक लि. स्थापना भएको १९औं बर्षमा प्रवेश गर्दै छ । वि.सं.२०६० असार २५ गते दर्ता भई वि.सं.२०६१ साउन २० गतेबाट कारोवार शुरु गरेको सो बैंकले केन्द्रीय कार्यालयका साथै ६८ वटा शाखा कार्यालयबाट आफ्ना सदस्य रहेका करिव १४ हजार जति सहकारी संघ/संस्थाहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ । आफ्ना सदस्यहरुको संस्थागत सुशासन एवं वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण , सहकारी तालिम शिक्षा लगायतका कार्यक्रम सञ्चालन गरिरहेको उक्त बैंकले आर्थिक बर्ष २०७७/०७८ मा शेयर पूँजी रु.२ अर्ब ८७ करोड र कूल सम्पति रु.७२ अर्ब रहेको जनाइएको छ ।
