राज्यबाट सहकारी संस्थाहरु मार्फत अति न्युन व्याजदरमा कर्जा प्रवाह गरियोस् !

0 Shares

सहकारी क्षेत्र आर्थिक विपन्न वर्गका मानिसहरुको लागि अपरिहार्य बन्दै गएको महशुस हुन थालेको छ तर यो क्षेत्र पनि कोभिड-१९ को असरबाट पीडित बनेको देखिएको छ । कोभिड-१९ को संक्रमणको जोखिमको कारण राज्यले गरेको लकडाउन तथा निशेधाज्ञाले यो क्षेत्र पनि मारमा परिरहेको छ । एकातिर आर्थिक क्षेत्र राम्रोसँग चलायमान हुन नसक्ता कर्जा लगानी गर्न नसकेकाले तरलता बढेर त्यसलाई व्यवस्थापन गर्न धेरैजसो सहकारी संस्थालाई गाह्रो परिरहेको अवस्था छ । अर्कोतिर लकडाउन तथा निशेधाज्ञाले गर्दा आर्थिक अवस्था कमजोर बनेका ऋणी शेयर सदस्यहरुले कर्जाको सावाँ र व्याज समयमा तिर्न नसक्ता त्यसको असर धेरै सहकारी संस्थामा परिरहेको छ ‌‌।

राज्यका तीनै तहका सरकारले कोभिड-१९ ले असर गरेको सहकारी क्षेत्रलाई व्यवस्थापन गर्न आवश्यक सहयोग गर्नु पर्ने देखिएको छ । राज्यले कोभिड-१९ को जोखिमबाट नागरिकलाई सुरक्षित बनाउने र आर्थिक क्षेत्रलाई चलायमान बनाएर सहकारी सहित वित्तीय संस्थाहरुलाई लगानी गर्ने वातावरण बनाउने गरी कार्य गर्नु जरुरी छ । कोभिड-१९ का कारण मारमा परेका सहकारी संस्थाहरुका शेयर सदस्यहरुको आर्थिक अवस्था मजबुत बनाउन सहयोग पुग्ने गरी राज्यले  यथाशीघ्र सहकारी संस्थाहरु मार्फत कृषि लगायतका उद्यम , व्यापार र  व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहाने सहकारी संस्थाका शेयर सदस्यहरुलाई अति न्युन व्याजदरमा कर्जा प्रवाह गर्नु जरुरी देखिएको छ । जसले गर्दा कोभिड-१९ का कारण उद्यम , बन्द-व्यापार र व्यवसाय धरापमा परेर तथा पेशा गुमेर कष्टकर जीवन बिताउन विवश धेरै मानिसहरुको आर्थिक अवस्था मजबुत बनाउन सहयोग पुग्ने देखिन्छ । राज्यबाट आवश्यक नीति बनाएर यथाशीघ्र यो कार्य गरियोस् ।

Leave a Reply