सहकारी संस्थाका प्रतिनिधिहरुलाई आवश्यक तालिम दिईरहेका छौं प्रेम प्रसाद सुबेदी अध्यक्ष– जिल्ला सहकारी संघ बाँके नेपालगञ्ज

२०१८ सालमा राजा महेन्द्रको पालामा महेन्द्र क्रय बिक्रय सहकारी संघ बाँके स्थापना भएको थियो । त्यो बेला स्थापना भएको गोदाम घर अहिले पनि देखिन सकिन्छ ।
तर त्यतिबेला सहकारी संस्थाको संख्या र बचत ऋणको कारोबार त्यत्ति नभएता पनि २०३५ साल जिल्ला सहकारी संघ बाँकेले आधिकारिक रुपमा दर्ता भएर संचालनमा आएको थियो । हालसम्म आएर जिल्ला सहकारी संघ लि नेपालगंज बाकेमा ३७९ वटा सदस्य संस्थाहरु आवद्ध छ्न ।
्सहकारी संस्थाको अध्यक्ष र ब्यवस्थापकले माग गरे अनुसार ५ लाख सम्म कर्जा लगानी गर्ने गरेका छौं संघले कोरोनाको समयमा जिल्ला भरीका सहकारीहरुका लागि कोभिडको भ्याक्सिन लगाउन ब्यवस्थापन गरेको छ , साथै सदस्यहरुलाई कोरोना बिमा गर्नका लागि सहजीकरण गरेका छौ र आगामी दिनमा कर्जा सुचना संकलन गर्ने र बाके जिल्लामा ३ ओटा सेवा केन्द्र बिस्तार गर्ने योजाना रहेको सोही संस्थाका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहकारी सन्जाललाई जानकारी दिनु भयो ।
त्यसगरी उक्त संघले सदस्य सहकारी संघ संस्थाहरुलाई बचत ऋणको काराबार सँगै पल्र्स तालिम, सहकारी संस्थाहरुका लागि लेखा, व्यवस्थापन, संचालक, उद्घोषण तालिम, माईनोट लेखन, संस्थाका अध्यक्ष मेनेजरहरुलाई क्षमता अभिवृद्धि तालिम, जनप्रतिनिहरुसँग सहकारी सम्बन्धी अन्तक्र्रिया गर्ने, राजनीतिक दलका प्रतिनिधिहरुसँग सहकारीको ३ खम्बे अर्थनीतिको रुपमा राज्यले गर्नुपर्ने कार्यहरु र सहकारी क्षेत्रमा देखिएका तत्कालिन समस्या र समस्या समाधान कसरी गर्ने भन्ने बिषयमा छलफल समेत गर्ने गरेको छ ।
संघको आर्थिक बर्ष २०७८ असार मसान्त सम्म शेयरपुँजी ७० लाख ४० हजार २ सय, बचत संकलन ६ करोड ६ लाख ४४ हजार ५ सय ७१ रुपैया ७६ पैसा, ऋण लगानी ३ करोड ९५ लाख ३ हजार १ सय ७८ रुपैया ४७ पैसा रहेको उल्लेख गरिएको छ ।