बाँके जिल्लाको नमस्ते साकोस एक्सेस कार्यक्रममा आबद्ध
बाँके जिल्लाको नेपालगञ्ज धम्बोझी चोक वडा नं १ मुख्य कार्यालय रहेको रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि आज एक औपचारिक कार्यक्रम गर्दै एक्सेस कार्यक्रममा आबद्ध भएको छ । नेफ्स्कूनले एशियाली ऋण महासंघ (आकू) को प्राविधिक सहयोगमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय स्तरीकरण कार्यक्रम एक्सेसमा उक्त संस्था आबद्ध हो ।
उक्त संस्थाको कार्यालयमा सम्झौता गरिएको हस्ताक्षर कार्यक्रममा बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष प्रकाश ज्ञवाली, उक्त संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमाल, व्यवस्थापक कुलबहादुर आले तथा नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, संघका नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज समिट खड्का लगायतहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
‘दुःखको सारथी नमस्ते साकोस’ भन्ने मुल मन्त्र आत्मसात गर्दै २०६७ साल बैशाख ३१ ग्ते स्थापना भएको हााल संस्थामा १ अर्ब ४ करोड ६८ लाख को वासलात र जिल्लाभर कार्यक्षेत्र भएको उक्त संस्थामा १९ सय भन्दा बढि सदस्य आबद्ध भईसकेका छन् ।
संस्थाको कोहलपुर र खजुरा गरी २ ओटा सेवाकेन्द्र सचालनमा रहेका छन् ।
