तामागढी सहकारीको आफ्नै तामागढी कम्प्लेक्स भवन बन्दै

बाराको कोल्हवी न.पा. १ कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुलाई लगडाउनको समयमा कोरोना जोखिमलाई मध्यनजर गरी सेवा प्रवाह गरिएको सहकारी सञ्जाललाई जानकारी गराएको छ ।
लगडाउनको समयमा सदस्यहरुलाई सेवा प्रवाह गर्ने उद्देश्यले बिहान १० बजे देखि दिउँसो २ बजे सम्म कारोबार गरि सदस्यहरुलाई घरघरमै पुगेर फोन सम्पर्क गरि घरदैलो कार्यक्रम गरी सहजीकरण गरिएको थियो ।
उक्त संस्थामा ४ जना सदस्यहरुको दुःखद निधन समेत भएको थियो । संस्थाले सदस्य सुरक्षा कार्यक्रम अन्तरगत सदस्यहरुको मृत्युु हुदा रु ५००० को दरले सहयोग समेत गरिएको थियो।
आगामी दिनमा सदस्यहरुलाई थप सेवाबाट सन्तुष्ट दिने र संस्थाको विनियम संसोधन गरीने नीति निर्माण गर्ने संस्थाको योजना छ ।
संस्थाले कोल्हवी नगरपालिकाले स्थापना गरेको राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ नगरपालिकाको कोभिड राहत कोषमा सहयोग समेत गरेको थियो साथै सदस्यहरुलाई गैरसदस्यहरुलाई कोरोनाको समयमा माक्स र सेनिटाईजर समेत वितरण गरीएको थियो र नियमित बचत गर्ने सदस्यहरुलाई बचत र ऋणमा ४० देखि ५० प्रतिशत ब्याजमा संरक्षित पुजि फिर्ता कोष गन व्यवस्था समेत गरेका जानकारी दिएको छ ।
साथै यहि आर्थिक बर्ष भित्रमा आफ्नै भवनबाट सुविधा सम्पन्न तामागढी कम्प्लेक्स निर्माण गरि संस्थाबाट कारोबार गर्नेछौ, सदस्यहरुलाई यहि आर्थिक बर्ष देखि १८ प्रतिशत लाभांष दिइनेछ संस्थाले सदस्यहरुको हक हितमा रहेर निरन्तर सेवा दिईरहनेछ र संस्थाको रेमिट सेवाहरु Western union city express ImE Himal remit prabhu money nabil Remit E–sewa लगायतका रेमिट सेवाहरु समेत प्रवाह गरीरहेको छ यस संस्थाको कार्यक्षेत्र कोल्हवी नगरपालिका बारागढी गाउँपालिका करैयामाई गाउँपालिका जितपुर सिमरा उपमहानगर पालिका अन्तरर्गत रहेका छन्
सेवा केन्द्र ३ ओटा रहेका छन् १ नयाँ सेवा केन्द्र यो बर्ष सिमरामा थप गरिएको जानकारी सोही संस्थाको ब्यवस्थापक बासुदेव रिमालले सहकारी सन्जालका संम्वाददाता ईश्वर ढुङ्गेललाई जानकारी गराएका थिए ।
संस्थाको आर्थिक बर्ष २०७८ असार मसान्त भित्र सेयर पुजी– २ करोड ७ लाख, निक्षेप संकलन– १३ करोड, कर्जा लगानी– १८ करोड ५० लाख जगेडा कोष– १ करोड ७४ लाख ५२ हजार बाल सदस्य–६२५, कुल कारोबार–२३ करोड ५० लाख ३९ हजार ४ सय २२ रुपैयाँ सदस्य सङख्या– ३,५२९ रहेको उल्लेख गरेको छ ।