झझल्को सहकारीको प्रशिक्षण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

भक्तपुरको चाँगुनारायण नगरपालिका–७, खरिपाटीबाट कारोबार गर्दै आईरहेको झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बार्षिक समिक्षा, योजना तर्जुमा तथा सहकारी प्रशिक्षण कार्यक्रम भदौ १२ गते शनिवारका दिन काभ्रेको धुलिखेलमा सम्पन्न गरेको जानकारी दिएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुको आतिथ्यतामा उक्त कार्यक्रम उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रमको पहिलो सत्रमा सहकारी प्रशिक्षण र दोस्रो सत्रमा आ.व. ०७७ ७८ को प्रगति समिक्षा तथा ०७८ ७९ को योजना तर्जुमा गोष्ठी सञ्चालन भएको उल्लेख गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि दामोदर अधिकारीले सो कार्यक्रममा प्रशिक्षण दिएका थिए ।
संस्थामा हाल २ हजार ६ सय २० सदस्य, कुल सम्पत्ती २६ करोड ५४ लाख ४६ हजार ८ सय ५० रहेको उल्लेख गरिएको छ ।