सामाजिक कार्यमा अगाडी बढ्दै विरगंज सहकारी

पर्साको बिरगंज महानगरपालिका ८ लिन्क रोड बिरगंज स्थित बिरगंज बचत तथा ऋण सहकारी संस्था लि (बिस्को)बिरगंजले लगडाउनको समयमा सदस्यहरुलाई फोन सम्पर्क बाट डिपोजिट र पेमेन्ट गरी सदस्यहरुलाई मोबाईल बैन्किङ र एस एम एस सेवा दिईएको सहकारी सञ्जाललाई जानकारी गराएको छ ।
साथै कोरोनाको कारणले संस्थापक सेयरधनीहरु पनि कोरोना पोजेटिभ बाट संक्रमण भएका थिए , हर्जना र ब्याजमा सदस्यहरुलाई ५ देखि १० प्रतिशात समेत छुट गरिएको थियो कोरोनाबाट संस्थाको सदस्यहरु ३ जनाको दुःखद निधन भएको समेत संस्थाले जानकारी गराएको छ ।
संस्थाले २०७८ बैशाख ११ गते २३ औ बार्षिक उत्सब सगै रक्तदान कार्यक्रम कार्यक्रम समेत गरेको थियो र नेप्सकुनको पल्स curbsअन्तरर्गत रहेर संस्थाले तालिम कार्यक्रमको समेत आयोजना गरी कर्मचारी सिकाइ तालिम समेत गरेको थियो र संस्थाले यसै आर्थिक बर्ष भित्रमा सदस्यहरुलाई ATM बाट समेत सेवा प्रवाह गर्ने बताइएको छ । संस्थाले यहि श्रावण ६ गते देखि बिरगंज महानगरपालिका ४ विर्तामा सेवा केन्द्र सन्चालनमा ल्याएको छ साथै कोरोनाबाट मृत्यु भएका संस्थापक सेयर सदस्यहरुलाई जनही रु २५००० पचिस हजारको दरले परिवारलाई राहत स्वरुप वितरण गरिएको थियो । उक्त संस्थाको सहकार्यमा कोरोना कोषको लागि बिरगंज महानगरपालिकालाई नेफ्सकन र को अपरेटिभ म्यानेजर्स क्लब पर्साले कोरोना राहत स्वरुप ३२००० बत्तिस हजार सहयोग प्रदान गरिएको थियो साथै बिरगंज महानगरपालिकामा रहेका बाटोमा माक्स नलगाई हिडने सर्बसाधारण ब्यक्तिहरुलाई समेत माक्स र सेनिटाईजर समेत वितरण गरिएको थियो ।
यस संस्था र को अपरेटिभ म्यानेजर्स क्लबको संमन्वयमा कोभिडका बिरामीहरुलाइ फलफुल र खाध्यान्न समेत वितरण गरिएको थियो साथै सामाजिक अभियानमा रहेर यस संस्थाले विभिन्न कार्यक्रम गरि सहयोग गरिरहेको छ आगामी दिनहरुमा बिरगंज महानगरपालिका अन्तरर्गत विन्दवासिनी टोल र परवानीपुरमा सेवा केन्द्र थप गर्ने योजना रहेको छ साथै निकट भविष्यमा सदस्यहरुलाई सेवा प्रवाह गर्नका लागि रेमिट्यान्सको सुविधा प्रदान गरिने सोही संस्थाका ब्यवस्थापक किशोर कुमार सिंहले सहकारी सन्जालका संम्वाददाता ईश्वर ढुङ्गेललाई जानकारी दिनु भयो
संस्थाको आर्थिक बर्ष २०७८ अषाढ मसान्त भित्र सेयर पुजी– १ करोड ६० लाख , बचत संकलन– ११ करोड, कर्जा लगानी– १४ करोड १३ लाख, जगेडा कोष– ७४ लाख ३८ हजार, निक्षेप संकलन–११ करोड ६३ लाख, कुल कारोबार– २० करोड ६९ लाख सेयर सदस्य सङख्या २६०० रहेको जनाइएको छ ।