नेकपा(एमाले)को अवरोधका बाबजुद प्रतिनिधिसभामा पेश भयो आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक
आफ्ना १४ जना सांसदको निश्कासनको सूचना नटासी नेकपा(एमाले) बिभाजन गराउन सभामुखले मतियार भूमिका निर्वाह गरेको भन्दै नेकपा(एमाले) का सांसदहरुले प्रतिनिधिसभाको बैठक अबरुद्ध गर्दै आएका छन् तर यसका बाबजुद पनि त्यसलाई अस्वीकार गरी आफूले संविधान र कानून अनुरुप काम गरिरहेको छु भन्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक सञ्चालन गरिरहनु भएको छ र प्रतिनिधिसभामा गृह मन्त्री बालकृष्ण खाँडले राजनीतिक दल सम्बन्धी अध्यादेश र अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकार’ ले आर्थिक अध्यादेशलाई बिस्थापन गर्न बनेको आर्थिक विधेयक पेश गर्नु भएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश हिजो गृह मन्त्री खाँडले राष्ट्रिय सभामा पनि पेश गर्नु भएको छ ।
अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको बैठकमा पेश गर्नु भएको आर्थिक विधेयकको पूर्ण पाठ यस प्रकार छ ।