ललितपुर उद्योग वाणिज्य संघद्वारा ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौला र वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्य सम्मानित

0 Shares

ललितपुर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय, ललितपुरका  प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौला र महानगरीय प्रहरी परिसर , ललितपुरका प्रमुख बरिष्ठ उपरीक्षक किरण बज्राचार्यलाई यही भदौ सम्मान गरेको छ । यही भदौ ३० गते सोही संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंको अध्यक्षतामा मंगलबजारस्थित सो संघको सचिवालयमा आयोजित कार्यक्रमका बीच उहाँहरुलाई सम्मान गरिएको हो ।कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष  न्याछ्योंले उद्योगी र व्यवसायीहरुको एकमात्र छाता संगठन ललितपुर उद्योग वाणिज्य संघले यस जिल्लाको उद्योग तथा व्यापार व्यवसायको संरक्षण, सम्बर्द्धन, आर्थिक तथा सामाजिक विकासको लागि विगत ५५ वर्षदेखि निरन्तर कार्य गर्दै आएको भन्दै कोरोना भाइरसको दोस्रो लहरको बढ्दो संक्रमणलाई मध्यनजर राखी अक्षेश्वर महाविहार, पुल्चोकमा Isolation Center को सञ्चालन गरेको कुरा बताउनुभयो । कोभिड संक्रमितहरुको चाप बढेसँगै अक्सिजनको कमीले गर्दा उपचारमा समस्या उत्पन्न भएकोले अक्सिजन सिलिण्डरको व्यवस्था गरी उनीहरुको उपचारमा सहजीकरण गरिदिएको र ललितपुर महानगरपालिकाको सहयोगमा ५,००० जना उद्यमी व्यवसायीहरुलाई कोभिड- १९ विरुद्धको खोप दिइएको बताउदै उहाँले ललितपुर जिल्लाको आर्थिक विकासका साथै विकास निर्माण कार्यमा निजी क्षेत्र र सरकारी कार्यालय बीच सहकार्य गर्दै जानु पर्नेमा पनि जोड दिनुभयो । अध्यक्ष न्याछ्योंले ललितपुर जिल्ला कला, संस्कृति र सम्पदाको धनी जिल्ला भएकोले यस जिल्लालाई देशकै उत्कृष्ट र नमूना जिल्लाको रुपमा अगाडि बढाउन ललितपुर उद्योग वाणिज्य संघ सदैव प्रयत्नशील रहेको समेत बताउनुभयो ।

सो अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी  ढुण्डिप्रसाद निरौलाले सरकारी प्रशासनबाट जिल्लाका आर्थिक विकासका साथ साथै विकास निर्माण एवं सुरक्षामा जिम्मेवार बनाउन आफूले हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारी अधिकारीहरुले जनताप्रति जवाफदेही भएर सेवाग्राहीहरुको काम गर्नु पर्नेमा जोड दिनुभयो । उद्योग व्यवसायको विकासका साथै सरकारी निकाय र व्यवसायी बीच राम्रो सम्बन्ध बनाई राख्न ललितपुर उद्योग वाणिज्य संघले खेलेको भूमिकाप्रति स्रहाना व्यक्त गर्नुहुँदै उहाँले उक्त कार्य अरु जिल्लाको लागि उदाहरणीय बन्ने बताउनुभयो ।उक्त कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले बधाई एवं सम्मान कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद दिनु हुँदै ललितपुरलाई शान्त र सुरक्षित बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले उद्योग व्यवसाय फष्टसउन, अभिवृद्धि र विकासको लागि शान्ति र सुरक्षा अति आवश्यक रहेको हुँदा यस कार्यमा ललितपुर उद्योग वाणिज्य संघबाट सधैं सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ मा प्रशासनिक कार्य सम्पादनमा ललितपुर जिल्ला प्रशासन कार्यालयलाई देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालयहरु मध्ये उत्कृष्ट दोस्रो स्थान हासिल गर्न सफल भएको उपलक्ष्यमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष  मनोज बहादुर न्याछ्योले प्रमुख जिल्ला अधिकारी  ढुण्डिप्रसाद निरौलालाई हार्दिक बढाईका साथै उहाँको सुस्वास्थ्य , दीर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ सम्मान-पत्र प्रदान गर्नुभयो । यसैगरी अध्यक्ष न्याछ्योंले ललितपुर जिल्लामा शान्ति, सुरक्षा सुदृढ राख्न उल्लेखनीय भूमिका निर्वाह गर्नु भएका महानगरीय प्रहरी परिसर , ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अद्धितीय योगदानको उच्च मुल्यांकन गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ कदर-पत्र प्रदान गर्नुभयो ।

सो संघका महासचिव रुपकमान महर्जनले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा सोही संघका वरिष्ठ उपाध्यक्ष  विश्वराज बज्राचार्यले धन्यबाद ज्ञापध गर्नु भएको थियो ।

 

Leave a Reply