सी.एम.सी.(CMC), कास्कीको चौथो बार्षिक साधारणसभा सम्पन्न , कार्य समितिको अध्यक्षमा अपिल कोइराला

कोअपरेटर्स म्यानेजर्स क्लब (CMC), कास्कीको चौथो बार्षिक साधारणसभा यही भदौ २५ गतै पोखरामा सम्पन्न भयो । कोभिड-१९ संक्रमण जोखिमको कारण भर्चुअल प्रविधिको माध्यम तथा फेसबुक लाइभबाट सम्पन्न साधारणसभालेे सोही क्लबका उपाध्यक्ष तथा कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अपिल कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति,२०७८ सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.का हरिप्रसाद पन्थी , सचिवमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि.का मोहनप्रसाद अधिकारी , कोषाध्यक्षमा नयन बचत तथा ऋण सहकारी संस्था लि.का सन्तोष त्रिपाठी , सह-सचिवमा शुभसौगात बचत तथा ऋण सहकारी संस्था लि.का सन्तोष रानाभाट र सदस्यमा प्राइम सहकारी संस्था लि.की निरु थापा , मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि.का किरण अधिकारी , जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.का प्रेमसागर अधिकारी , सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि.का विष्णुप्रसाद अधिकारी , फेवा बचत तथा ऋण सहकारी संस्था लि.का जगन्नाथ तिमिल्सिना र रानीवन बचत तथा ऋण सहकारी संस्था लि.का सुवास अधिकारी हुनुहुन्छ । नेफ्स्कूनका नि:बर्तमान सञ्चालक तथा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ , त्यसै क्लबका संस्थापक अध्यक्ष मिलन ढकाल , नि:बर्तमान अध्यक्ष तथा गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक डम्बर सिंह बस्नेत लगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
उक्त साधारणसभा कोअपरेटर्स म्यानेजर्स क्लब(CMC) , कास्कीका अध्यक्ष डम्बर सिंह बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारणसभामा सोही क्लबका संस्थापक अध्यक्ष तथा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि., हेम्जाका मुख्य प्रबन्धक मिलन ढकाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
