नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि. सहकारी मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ अगाडि बढ्ने छ : अध्यक्ष रामशरण शर्मा घिमिरे

0 Shares

नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि.का नवनिर्वाचित अध्यक्ष रामशरण शर्मा घिमिरेले सहकारी मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि.को नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति नयाँ भिजन र योजनाका साद अगाडि बढ्ने बताउनु भएको छ ‌। उहाँले ‘निस्क्रिय जस्तो बनेको यो संघले अब आफ्नो पहिचान बनाउने बिश्वास व्यक्त गर्नु भएको छ ।  २०७२ सालमा गएको महाभूकम्प र कोभिड-१९ का कारण थला परेको हाम्रो देशको पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेको उहाँको भनाई छ ।

यही भदौ २६ गते राष्ट्रिय सहकारी महासंघ लि.का बर्तमान अध्यक्ष मिनराज कँडेल र संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटाको आतिथ्यतामा  सम्पन्न नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि.को वार्षिक साधारणसभाबाट बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष तथा ललितपुरको महाँकाल गाउँपालिका-३ , गोटीखेलमा रहेको प्राकृतिक पर्यटन सहकारी संस्था लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति  चयन गरेको थियो । 

नेपालमा ६० वटा पर्यटन सहकारी संस्था सञ्चालनमा रहेको जनाइएको छ ।

Leave a Reply