बारा पर्सा र रौतहटका ४ सहकारी बैंक शाखाले गरे भव्य अन्तरक्रिया कार्यक्रम
राष्ट्रिय सहकारी बैंक र सहकारी संघ संस्था बिच अन्तरक्रिया कार्यक्रम रास्ट्रिय सहकारी बैंक शाखा कार्यलय सिमरा, कलैया बिरगंज र चन्द्रनिगाहपुरका ४ वटा शाखाले होटल क्लासिक प्लाजा सिमरा बारामा रास्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा बैंकहरुको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरेका थिए । त्यसैगरी विशिष्ट अतिथिहरुमा जितपुर सिमरा उपमहानगर पालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, रास्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. संचालक हरेराम पटेल, राष्ट्रिय सहकारी विकास बोर्डका निबर्तमान संचालक शम्भु प्रसाद गुप्ता र अतिथिहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाराका अध्यक्ष सतेन्द्र ठाकुर,जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका अध्यक्ष अगसर अलि अन्सारी, जिल्ला कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, .जिल्ला बचत तथा ऋण सहकारी संघ रौतहटका महासचिव देवबहादुर सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिस्नु बराल , को अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया रास्ट्रिय सहकारी बैंक सिमरा शाखाका प्रमुख सुरेश लागे, रास्ट्रिय सहकारी बैंक जनकपुर शाखाका प्रमुख बिष्णु प्रसाद पराजुली ,रास्ट्रिय सहकारी बैंक बिरगंज शाखाका प्रमुख संजय कुमार महत्तो, रास्ट्रिय सहकारी बैंक कलैया शाखाका प्रमुख श्याम न्यौपाने लगायतका प्रतिनिधिहरु उपस्थित रहेको थियो ।
त्यसैगरी सो अन्तरक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले सहकारी संघ र सहकारीहरुमा ३० प्रतिशत महिला संचालक अनिवार्य राख्नु पर्दछ र आउने दिनमा महासंघले सहकारी संघ संस्थालाई अनुगमन गरी संघहरुलाई राम्रो हुने गरि महासंघले नयाँ नयाँ नीति कार्यक्रम गरी योजना बनाउने छौ सहकारी अभियानमा सबै एक जुट भएर लाग्नुपर्दछ सहकारीमा कोहि पनि पार्टीगत भएर नजाऔ र सेयर र बचत सदस्यता बढाउनु पर्ने कुरामा जोड दिईन ।
त्यसैगरी बैंकका अध्यक्ष केबी उप्रतीले कर्जाको सन्दर्भमा कुनै पनि सहजकर्ताको परामर्शको लागि संस्थाहरुमा बैंकका शाखा प्रमुख आउनु हुनेछ र नयाँ कर्मचारी पनि थप गरेका छौ एकाउन्ट सफ्टवेयर सम्बन्धि समस्याहरु र कर्जा निशुल्क परामर्श दाताहरु शाखा प्रमुखहरुको सहभागिता हुने कुराको सो अन्तक्र्रिया कार्यक्रमा जानकारी दिएका थिए ।
सो कार्यक्रम बारा पर्सा र रौतहटका विभिन्न सहकारी संस्थामा आबद्ध प्रतिनिधिहरुको भव्य उपस्थिति रहेका्े जानकारी राष्ट्रिय सहकारी बैंक विरगंज शाखाका प्रमुख संजय कुमार महतोले सहकारी सञ्जालका सम्वाददाता ईश्वर ढुंगेललाई जानकारी गराइएको छ ।

