तीर्थ साकोस , मित्रपार्कले आफ्ना शेयर सदस्यहरुलाई ३६५ दिन नै सेवा प्रवाह गर्ने

0 Shares

काठमाडौ महानगरपालिका-७, मित्रपार्कमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्था लि.ले ३६५ दिन नै सेवा प्रवाह गर्ने भएको छ । सो संस्थाले शनिवार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म कार्यालयबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्ने र १ सदस्य बराबर रु.१ लाखसम्म भुक्तानी गर्न सकिने तर बजारमा बचत तथा कर्जा संकलन गर्ने कार्य भने नियमित बजार खुल्ने दिन मात्रै गर्ने सो संस्थाका सो संस्थाका अध्यक्ष अनन्त श्रेष्ठको भनाई छ ।

उक्त संस्था २०७८ भदौ २३ गतेबाट स्थापना भएको १२ बर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा सोही संस्थाका अध्यक्ष श्रेष्ठले यस संस्थाले आफ्ना शेयर सदस्यहरु थप गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

 

Leave a Reply