सिड नेपाल बहुउद्देश्यीय सहकारीको २० औ साधारण सभा शुरु

0 Shares

काभ्रेको बनेपा नगरपालिका ४ नालामा रहेकोे सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २० औ बाषिक साधारण सभा भदौ २७ गते देखि असोज २ गते सम्म हुँदैछ । संस्थाको २० औ बाषिक साधारण सभा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा पानसमा बत्ति बालेर उद्घाटन गरिएको थियो । त्यसै गरी विशिष्ट अतिथी बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ र बनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष केपी दाहाल र सोही संस्थाका अध्यक्ष रेशमलाल नेपालीको अध्यक्षतामा साधारण सभा सुरु भएको हो
सो संस्थाले कोरोना भाइरसको कारण सहकारी विभागको निर्देशन पालना गरी सदस्यहरुलाई भौतिक रुपमा गराई आफ्नै कार्यलयमा कार्यक्रम गरेको
सोहि संस्थाका अध्यक्ष नेपालीको भनाई छ ।
उक्त संस्थाको असार मसान्तसम्म सदस्य संख्या ३,६६६, सेयर पुजी– १ करोड ७३ लाख, कर्जा लगानी– २६ करोड ८० लाख निक्षेप संकलन– २२ करोड ८८ लाख कुल कारोबार– ३० करोड ५० लाख रहेको जानकारी गराईएको छ ।
त्यसैगरी साधारण सभामा सहभागी भएका शेयर सदस्यहरुलाई परिवहन खर्च समेत दिईएको सोही संस्थाका ब्यवस्थापक राजेन्द्र कोङ्गाले जानकारी गराएका थिए ।

Leave a Reply