ज्योति मिर्मिरे सामूहिक साकोस ,पनौतीको २२औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल पूँजी रु.८६ करोड
उक्त संस्थाका सचिव दीपकप्रसाद दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा सोही संस्थाका अध्यक्ष उद्धव सापकोटाले सो संस्थाको गतिविधिबारे प्रकाश पार्नु भएको थियो । त्यस्तै सो संस्थाका कोषाध्यक्ष पूर्णराम तुलाधरले अरु संस्थाको तुलनमा यस संस्थाले आफ्नो सदस्य सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी व्यवस्थित र पूर्ण व्यवसायिक ढंगबाट आफ्नो कारोवार सञ्चालन गरिरहेको छ र यस संस्थामा ११,७५६ जना , बाल सदस्य ९७७ जना र कूल पूँजी रु.८६ करोड रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा सहकारीमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई प्रदान गर्ने गरी स्थापित जे.एम.एस. सहकारी अवार्ड-२०७७ बाट राष्ट्रिय सहकारी बैक लि.का अध्यक्ष के.बी. उप्रेती र नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठलाई प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तैगरी उक्त अवसरमा उत्कृष्ट कर्मचारी विना श्रेष्ठ तथा असल ऋणी सदस्य र उत्कृष्ठ बाल बचतकर्ता सदस्य गरी ३९ जनालाई सम्मान गरिएको थियो ।
दिगो र उत्कृष्ट वित्तीय सहकारीको परिकल्पना गरी समुदायमा आधारित भएर सञ्चालन भइरहेको त्यस संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोकका बनेपा ,पनौती, पाँचखाल , धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक गाउँपालिकामा रहेको छ ।
