मिलीजुली कालिञ्चोक साकोसको ४ बर्षे रणनीतिक व्यवसायिक योजनाबाट ९० प्रतिशत भन्दा बढी सफलता हासिल

0 Shares

दोलखा जिल्ला सदरमुकाम चरिकोटमा केन्द्रीय कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.ले २०७५ असार १३ र १४ गते निर्माण गरी लागू गरेको ४ बर्षे रणनीतिक व्यवसायिक योजना ३ बर्षको समयाबधिमा ९० प्रतिशत भन्दा बढी सफल भएको पुनरावलोकन अन्तर्कियाबाट निश्कर्ष निस्किएको सो संस्थाले जनाएको छ । उक्त संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा सदस्य , सिनियर र सेवाकेन्द्र सहितका सिनियर कर्मचारीहरु बीच पुनरावलोकन अन्तर्क्रिया सम्पन्न भएको छ । त्यस अन्तर्क्रियाबाट हाल चौधो बर्षमा जारी उक्त रणनीतिक व्यवसायिक योजनाबाट कसरी लक्ष्य प्राप्त गर्न सकिन्छ , त्यसमा के कै परिवर्तन गर्नु पर्ने हो र कुन कुन विषय थप गर्नु पर्ने हो भनेर छलफल गरिएको जनाइएको छ ।

 

Leave a Reply