मंगलदीप सहकारीको दोस्रो सेवाकेन्द्र मकवानपुुरको शिखरकोटमा

ललितपुरको प्रयागपोखरीमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य सेवा केन्द्र थाहा नगरपालिका शिखरकोटमा उद्घाटन गरिएको छ ।
सो उद्घाटन कार्यक्रमको प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडाका सचिब डा. मतिना जोशी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका रजिस्टार बिक्रम पाण्डेयले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । सो उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नवराज विष्टले गरेका थिए । संस्थाले केहि समय अघि ललितपुरको ठैवमा पहिलो सेवा केन्द्र स्थापना गरिसकेको छ । हाल आएर संस्थाले यो दोस्रो सेवा केन्द्र खोली सदस्यहरुलाई सेवा प्रदान गर्न लागेको हो ।