सगुन सहकारी हरिवनको २२ औं बार्षिक साधारण सभा आजबाट शुरु

0 Shares

सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा अन्तर्गत उपस्थिति दर्ता कार्यको सुक्रवारबाट शुभारम्भ गरिएको छ ।
मुख्य कार्यालय हरिवन नगरपालिका–११, को सभा हलमा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले पानसमा बत्ती बालेर उपस्थिति दर्ता कार्यको उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, संस्थाको वर्तमान कार्य समितिका उपाध्यक्ष श्री तारादेवी सुबेदी,सचिव राज कुमार उप्रेती, कोषाध्यक्ष विनोद कार्की तथा नेफस्कुन फिल्ड कार्यलय हरिवनको प्रमुख महेश बराल लगायतको आतिथ्यता रहेको थियो ।

शुक्रवारबाट सदस्यहरुबाट सुझाव संकलन तथा उपस्थिति दर्ता सुरु गरी असोज ६ गते हरिवन–९, स्थित सगुन शिक्षा आवासिय विद्यालयमा अन्तिम भेला आयोजना गरेर साधारण सभा सम्पन्न गरिनेछ ।
संस्थाले केन्द्रीय कार्यालयसँगै बागमती र लालबन्दीमा रहेको सेवा केन्द्र तथा हरिवन न.पा ६ को कार्यलय घुर्कौली, वागमति न.पा ८,९,१० को संयुक्त कार्यलय सोल्टी बजार र हरिनव न.पा २ को कार्यलय अत्रौलीमा रहेको वडा कार्यालयहरुमा उपस्थिति दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी एकैपटक भीडभाड नहोस् भन्ने उद्देश्यले विभिन्न स्थानमा साधारण सभाका लागि उपस्थिति दर्ता गराउन सुरु गरिएको संस्थाका प्रवन्धक रविन्द्र रानाले बताए । यो संस्था नेफस्कुन स्तरियकरण प्रावेसन कार्यक्रम आवद्ध भएको संस्थाहो । हाल १०१७५ सदस्यरहेको यस साकोसको असार मसान्त सम्मको कुल कारोवार १,५०,९१,३३,७७८। रहेकोछ ।

Leave a Reply