जनसचेतन साकोसको २८औं वार्षिक साधारणसभा शुरु

0 Shares

दोलखाको मैनापोखरीमा प्रधान कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.को २८औँ वार्षिक साधारणसभा  २०७८ असोज १ गतेदेखि सुरु भएको छ । कोभिड-१९ को संक्रमण जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी शुरु भएको सो साधारणसभा सोही संस्थाको प्रधान कार्यालयमा शेयर सदस्यहरुका प्रतिनिधिहरुको उपस्थितिमा यही आउदो असोज ९ गते  समापन कार्यक्रम हुने जनाइएको छ ।

साधारणसभाको शुभारम्भ भएसँगै संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरुलाई वितरण गर्ने , प्रतिवेदन उपर छलफल गरी सुझाव संकलन गर्ने कार्य शुरु भएको बताइएको छ ‌। यस अन्तर्गत उक्त संस्थाको काठमाडौं ,चरिकोट, जगत , साङ्बा, सुरी , पवटी , बाबरे भैंसे , सुन्द्रावती र सिङ्गटीमा रहेका सेवाकेन्द्रमा यही असोज १ देखि ४ गतेसम्म र प्रधान कार्यालय मैनापोखरी तथा मार्बु, निम्दु ,मिर्गे, हावा र ठूलोपातल सेवा केन्द्रमा असोज ६ देखि ९ गतेसम्म साधारणसभा अन्तर्गतका कार्यक्रम सञ्चालन हुने सोही संस्थाका अध्यक्ष हेमन्तकुमार चौलागाईको भनाई छ ।

उत्तरी भेगको विकट बस्ती समेट्ने साङ्वा सेवाकेन्द्र अन्तर्गत भने टोलटोलमै पुगेर शेयर सदस्यहरुलाई साधारणसभामा सहभागी गराउने कार्य जारी रहेको बताइएको छ ।

 कोभिड-१९ संक्रमणको जोखिमका कारण यस संस्थाका प्रधान कार्यालय र सेवाकेन्द्रहरुमा धेरै भिडभाड नहोस् भनेर सेवाकेन्द्र अन्तर्गत शेयर सदस्यहरुलाई वर्गिकरण गरेर साधारणसभामा सहभागी गराईएको र शेयर सदस्यले पनि आफूलाई पायक पर्ने सेवाकेन्द्र पुगेर सहभागी हुन सक्ने व्यवस्था गरिएको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालको कथन छ ।

२०५० सालमा स्थापना भएको त्यस संस्थामा ३५ हजार जति शेयर सदस्य तथा दोलखा , काभ्रेपलाञ्चोक , भक्तपुर र काठमाडौ जिल्लाभर तथा ललितपुरको ललितपुर महानगरपालिकामा कार्यक्षेत्र रहेको सो संस्थाले जनाएको

Leave a Reply