लोकेश्वर साकोसद्वारा बाल सदस्यहरु बीच सस्वर वाचन प्रतियोगिता सम्पन्न
भक्तपुर नगरपालिका-२, इताछेमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा सस्थाका बाल सदस्यहरु बीच सस्वर वाचन प्रतियोगिता सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको भएको थियो । उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तीय कारोबार मात्र नभई सदस्य केन्द्रित विभिन्न तालिम, कार्यक्रम र सहकारी भ्रमणहरु गर्दै लैजानु पर्ने र यस संस्थाले विगतका दिनहरुदेखि नै सदस्यहरुको व्यक्तित्व विकास हुने गरी सीपमूलक विभिन्न तालिमको आयोजना गरेको स्मरण गर्दै यस्ता प्रतियोगिहरुले बाल सदस्यहरुको आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गर्न सकिने बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं.२ का सदस्य श्याम सुन्दर मातांले बाल बचतकर्ताहरु बीच विभिन्न्न किसिमका प्रतियोगिताहरु निरन्तर रुपमा गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा निर्णायकको भूमिकामा रहनु भएका नेपाली विषयका विद्वान पारसमणि खतिवडाले कार्यक्रममा बोल्दै समुदायमा आधारित सहकारी संस्थाहरुले यस्ता पृथक किसिमको प्रतियोगितामा आफूले मूल्याड्ढन गर्ने अवसर पाए र यस्ता कार्यक्रमले विद्यार्थीहरुको नेपाली भाषामा शुद्धता ल्याउन मदत पुग्ने विचार व्यक्त गर्नुभयो ।
संस्थाका सञ्चालक एवं युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उप-समितिका सदस्यद्धय कल्पना द्योपाला र इन्द्रभक्त पंचले पनि प्रतियोगिताको महत्वबारे प्रकास पर्नुभयो । ३१ जना बाल सदस्यहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा कक्षा ३ देखि ५ सम्मको समूहमा अजय क्यूसन कोजु प्रथम, यूनिका कोजु द्वितीय र स्वयम मानन्धर तृतीय भएका छन् भने कक्षा ६ र ७ समूहमा प्रिया शाक्य प्रथम, रुविशा देशेमरु द्वितीय तथा श्रेयस सुवाल तृतीय भएका छन् । त्यसैगरी कक्षा ८ देखि १० सम्मको समूहमा आयुषा तुकंबञ्जार प्रथम, रुषा देशेमरु द्वितीय र सृजल खर्वुजा तृतीय भएको आयोजक समितिले जनाएको छ ।