विकू साकोसद्वारा पुन: ३६५ दिने बैंकिङ सेवा शुरु
बर्दघाट-सुस्ता पूर्वको नवलपरासीको गौंडाकोटमा केन्द्रीय कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट पुन: ३६५ दिने बैंकिङ सेवा सञ्चालन आरम्भ गरेको जनाएको छ । उक्त संस्थाको केन्द्रीय कार्यालयका अतिरिक्त रजहर , दलदले , कालीगण्डकी , दियालो र हर्कपुर र कावासोतीमा रहेका सदस्य सेवाकेन्द्रबाट सो सेवा सञ्चालन हुने बताइएको छ । शनिवार सार्वजनिक बिदाको दिन भने उक्त सेवा विहान १०:०० बजेदेखि अपरान्ह २२;३० बजेसम्म सञ्चालन हुने बताइएको छ । त्यस संस्थाले सो सेवा कोरोना महामारीले उत्पन्न विशेस परिस्थितिका कारण स्थगित गरेको थियो ।
