सहकारी सदस्य केन्द्रित हुनुपर्छ : एकनारायण उपाध्याय

0 Shares

काठमाडौंको रिङरोड स्थित ढुङ्गैधारा अन्नपूर्ण चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.का सचिव एकनारायण उपाध्यायले सहकारी सदस्य केन्द्रित हुनुपर्ने बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘सहकारीले सामाजिक सेवा र सदस्यको आर्थिक भलाई हुने क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने हाम्रो मान्यता छ,’भन्नुभयो ।

धौलागिरी समाज्का कोषाध्यक्ष , गण्डकी सभ्यता बचाऔं महाअभियानका महासचिव , नेपाल प्रजातान्त्रिक महासंघ, नेपालका केन्द्रीय सदस्य  कालीगण्डकी बचाऔं अभियानका कोषाध्यक्ष र काठमाडौंको ढुंगेधारा राधाकृष्ण मन्दिर स्थित राधाकृष्ण नगर सुधार संस्थाका अध्यक्ष समेत रहनु भएका उपाध्यायले ‘वि.सं.२०५६ चैत २९ गते २५ जना शेयर सदस्यहरुको रु.१ लाख २५ हजार शेयर पूँजी र रु.५ लाख बचतबाट स्थापना भएको हाम्रो यस माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.मा ७ सय ७० जना शेयर सदस्य , रु.३ करोड ३५ लाख शेयर पूँजी , रु.५२ करोड निक्षेप , रु.४० करोड कर्जा लगानी र रु.५७ करोड रहेको कूल कारोवार रहेको छ’, भन्नुभयो । ‘बचत र ऋण कारोवार मार्फत आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको हाम्रो यस संस्थाले लघुवित्त , सहकारी पसल , सहकारी कृषि फर्म लगायतका उत्पादनका क्षेत्रमा जाने योजना बनाएको छ र यसले रक्तदान , सरसफाई लगायत सामाजिक उत्तरदायित्व अन्तर्गतका रचनात्मक कार्यलाई निरन्तरता दिने योजना छ,’ उहाँको भनाई छ ।

Leave a Reply