आयाम साकोस, ताल्छिखेलको ९औं वार्षिक साधारणसभा सम्पन्न , आ.व.२०७७/०७८ मा संस्थाको कूल कारोवार रु.३३,६०,१५,३९९

ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि.को ९औं वार्षिक साधारणसभा २०७८ असोज ९ गते समापन कार्यक्रम गरी सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष केशवप्रसाद नेपालले अध्यक्षता र सचिव ध्रुवप्रसाद नेपालले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा बासुकी बचत समूहका अध्यक्ष अर्जुनप्रसाद नेपाल लगायतको आतिथ्यता रहेको थियो । त्यसै संस्थाको सभाहलमा भर्चुअल विधिको समेत प्रयोगबाट समेत सञ्चालन भएको त्यसै कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उद्यमशील महिला समूहकी अध्यक्ष सफला ढुङ्गाना पोखरेलले कोरोना महामारीको विषम अवस्थामा पनि आयाम साकोस निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेकोप्रति प्रशन्नता व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । 
कार्यक्रममा संस्थाका अध्यक्ष केशवप्रसाद नेपालले उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘तपाईको आजको बचत उज्ज्वल जीवनको आधार सहकार्य, स्थापना र सद्भावका लागि आयाम सहकारी तपाई हाम्रो लागि‘ भन्ने उद्घोषका साथ अगाडि बढिरहेको हाम्रो यो संस्थाले शेयर सदस्य ज्यूहरुको सक्रिय सहयोग र कर्मचारीहरुको मेहनत र परिश्रमका कारण निरन्तर सफलता हासिल गरिरहेको छ’, भन्नुभयो ।
त्यसैगरी त्यस संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका कोषाध्यक्ष नवीन खकुरालले सहकारीको नीति , विधि र प्रविधिलाई आत्मसात गर्दै अगाडि बढिरहेको यस संस्थामा आर्थिक वर्ष २०७७/०७८ मा शेयर सदस्य संख्या २,२५१, शेयर पूँजी रु.४,२६,४०,०००, आम्दानी रु.४,४३,४८,७८०, खर्च रु.४,१४,०७,८७३ र कूल कारोवार रु.३३,६०,१५,३९९ रहेको बताउनुभयो । त्यस्तैगरी त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक परशुराम गौतमले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाको अवस्थाबारे प्रकाश पार्दै संस्थाले सुधार गर्नु पर्ने विषयमा सुझाव दिनुभयो ।



उक्त साधारणसभा यही असोज ४ गतेदेखि शुरु भएको थियोे ।
‘ललितपुर महानगरपालिका वडा नं.४,५, १३,१४, र १५ मा कार्यक्षेत्र रहेको हाम्रो यस संस्थाले मोवाइल बैंकिङ्ग, एस.एम.एस.सर्भिस, क्युआर कोल्ड , ट्याब्लेट बैंकिङ जस्ता डिजिटल प्रविधि र सञ्चालन गरिरहेको छ र यस संस्थाबाट अन्य सहकारी संस्था तथा बैंकहरुमा रकम ट्रान्सफर गर्ने सकिने व्यवस्था गरिएको छ’, सोही संस्थाका व्यवस्थापक गणेशप्रसाद नेपालको भनाई छ ।
सो संस्था २०७८ असोज ९ गतेखि सो संस्था स्थापना भ एको ९ वर्ष पूरा भई १०औं वर्ष प्रवेश गरेको छ ।
